arrow

साँझबाट २० प्रतिशत गणना शुरु हुन्छ – निर्वाचन आयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
shalikram-sharma-poudel-election-commission.jpg

काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तहको निर्वाचन केही स्थानलाई छाडेर शान्तिपूर्वक सम्पन्न भएको बताएका छन् । 

उनले समग्रमा छिटफुट घटना बाहेक निर्वाचन शान्तिपूर्वक भएको दाबी गरेका हुन् । उनले साँझदेखि करिब २० प्रतिशत मतगणना शुरु हुने बताए । आयोगले यसपालि एकैचरण देशभर स्थानीय तहको निर्वाचन गरेको हो । 

प्रवक्ता शर्माले एकै चरणमा चुनाव गर्दा निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयता बढ्दै जाने बताएका छन् । 

उनले भने, ‘सो चुनौतीपूर्ण काम निर्वाचन आयोग र सरकार मिलेर गरेको हो । प्रवक्ता शर्माले एकै चरणमा निर्वाचन गर्दा व्यवस्थापनमा भने निकै चुनौती हुने गरेको बताए । 

२०७४ सालको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो । आयोगले विभिन्न प्रविधिको प्रयोग गरी छिनछिनमा मतगणनाको सूचना बाहिर ल्याउने बताए । उनले फेसबुक, ट्वीटर, भाइबर लगायतका माध्यमकोसमेत प्रयोग गर्ने जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ