arrow

काठमाडौं महानगरको मतपेटिका संकलन जारी, आजै गणना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
ktm-ballot-box.jpg
तस्बिर : रासस

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतपेटिका संकलन गर्ने क्रम जारी रहेको छ । स्थानीय तहको निर्वाचन ६ बजे सकिएसँगै महानगरका ३२ वटै वडाका मतपेटिका ल्याउने क्रम चलिरहेको हो । 

काठमाडौं महानगरपालिकाको मतपेटिका प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा ल्याउने क्रम जारी रहेको छ । सम्पूर्ण मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना शुरु गर्ने जनाइएको छ । 

आजै गणना शुरु हुनेसमेत बताइएको छ । निर्वाचन आयोगले २० प्रतिशत गणना आजै साँझदेखि शुरु गर्ने बताइसकेको छ । 

राष्ट्रिय सभागृहमा सुरक्षा व्यवस्था निकै नै कडा पारिएको छ । सुरक्षाकर्मीको उपस्थिति बाक्लै रहेको छ । 

महानगरमा सत्ताधारी गठबन्धन र नेकपा एमालेबीच कडा टक्कर हुने अनुमान गरिएको छ । तर एमालेका उम्मेदवार केशव स्थापित विवादित चरित्रको भएको भन्दै मत काटिने सम्भावना रहेकोसमेत बताइएको छ । 

२०५४ सालदेखि महानगरमा एमालेले कब्जा जमाउँदै आएको छ । यसपालि गठबन्धनले पछि पार्ने आँकलन समेत भइरहेको छ । 

तर गोप्य मतदान भएकाले यसै भन्न सक्ने अवस्था नरहेको विश्लेषण गरिएको छ । त्यसैगरी मेयरको चर्चामा नेपाली कांग्रेसकी सिर्जना सिंह र एमालेबाट स्थापितसँगै स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह, विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटा, राप्रपाका मदनदास श्रेष्ठ चर्चामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ