arrow

मतदान भइरहेको समयमा उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
local-level-election-bisfot-candidate.jpeg

भैरहवा । रुपन्देहीको मर्चवारी ५ बनियाडिह उम्मेदवारको घरमा विस्फोट हुँदा उनकी श्रीमती घाइते भएकी छन् । नेकपा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार रहेका सोमनाथ पाण्डेको घरमा विस्फोट भएको हो । 

मतदान भइरहेको समयमा करिब साढे ४ बजेको समयमा घरभित्र विस्फोटक भएको छ । घरभित्र विस्फोट भएको ग्यास सिलिण्डर हो या अन्य केही भन्ने बारे अझैँ खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरी टोली घटनास्थल पुगेको छ । विस्फोटमा परी उनकी श्रीमती ४५ वर्षीया जयमाला पाण्डे घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । उनको हात, पाखुरालगायत भागमा जलेको छ ।

विस्फोटले घरमासमेत क्षति पुगेको छ । भान्छा घरमा विस्फोट भएको र यसको असर अन्य कोठामासमेत परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ