arrow

मानवअधिकार आयोगको आग्रहः स्थगित स्थानमा तत्काल मतदान गराउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
manab-adhikar_aayog.jpg

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आज भएको स्थानीय तहको निर्वाचनमा स्थगित भएका स्थानमा तत्काल मतदान गराउन आग्रह गरेको छ ।

‘स्थानीय तहको निर्वाचनमा स्थगित भएका स्थानमा शन्ति सुरक्षा मापन गरी तत्काल मतदान गराउन, मतदानमा सबैको पहुँच पुर्याउन तथा यथाशक्य छिटो मतगणना गर्न निर्वाचन आयोगलाई आयोग आग्रह गर्दछ,’ आयोगद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख  छ ।

आयोगले दलहरुलाई स्थगित भएका स्थानमा पुनः निर्वाचन प्रक्रियामा शान्तिपूर्ण रुपमा भाग लिन र झडपमा घइते भएकाहरुको उपचार गर्न पनि आग्रह गरेको छ ।

आयोगले स्थानीय तह निर्वाचनको अनुगमन गर्न ७ वटा उच्चस्तरीय अनुगमन टोली एवं आयोगका कर्मचारीहरू सम्मिलित ४५ टोली ७७ वटै जिल्लामा खटाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ