arrow

सेतीखोंचमा खसेका युवकको जीवितै उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३० शुक्रबार
Seti Nadi.jpg
फाइल तस्वीर

पोखरा । पोखरामा चिप्लिएर सेती खोंचमा खसेका एक युवकको पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । प्युठानका ३२ वर्षका विशाल थापा मगर आज दिउसो ११ बजेतिर माछा मार्न जानेक्रममा चिप्लिएर सेती खोंचमा खसेका थिए । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका वडा नं. ७ स्थित घारीपाटन नजिकैको सेती खोंचमा अड्किएका मगरलाई सुरक्षाकर्मीको टोलीले दिउसो करिब ३ बजे जीवितै उद्धार गरेको हो । 

सशत्र प्रहरी बल नेपाल २४ नम्बर गण पोखराका सशत्र प्रहरी निरीक्षक भीमबहादुर क्षेत्री नेतृत्वको टोली र नेपाली सेनाको महाविर गण रेन्जरबाट खटिएको क्याप्टेन खगेन्द्र सावा नेतृत्वको संयुक्त टोली मगरको उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।

लड्दा चोटपटक लागेकाले मगरको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । मगर लामो समयदेखि पोखरामा रहेर मजदूरी गर्दै आइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ