arrow

लमजुङमा पाँच किरियापुत्रीले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
kiriya-putree.jpeg

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पाँच किरियापुत्रीले मतदान गरेका छन् । 

जिल्लाको राइनास नगरपालिका–४ स्थित सौभाग्यदोय मावि रहेको (क) र (ख) मा गरेर दुई पुरुष र तीन महिला गरी सात दिनका किरियापुत्रीहरुले मतदान गरेका हुन् । 

उक्त केन्द्रको (क) बुथमा मतदान अधिकृत दीपेन्द्र श्रेष्ठका अनुसार चन्द्र कुमाल र आसमाया कुँवर र (ख) बुथमा हरि, चितरी र हर्के कुमालले मतदान गरेका हुन् । उनीहरुको बुबाको मृत्यु भएको आज सात दिन पुगेको बताइएको छ । 

उक्त (क) र (ख) मा गरेर एक हजार ३२७ जना मतदाता रहेकामा (क) मा ४९६ मत र (ख) मा ५०५ मत मात्र खसेको उक्त (क) बुथमा मतदान अधिकृत श्रेष्ठको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ