arrow

सर्वदलीय बैठकबाट पनि सहमति नभएपछि मतदान सर्‍यो

logo
सुनिल आउजी,
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
local-level-election-12345.jpg

धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका १० स्थित विजय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवादका कारण मतदान रोकिएको छ। 

फर्जी मतदाताबाट मतदान गरिएको भन्दै दिउँसोदेखि विवाद बढेपछि मतदान पूर्ण रूपमा रोकिएको हो। पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीका अनुसार विवाद पछि लामो समयसम्म सर्वदलीय बैठक मार्फत छलफल हुँदा समेत सहमति नभएपछि मतदान सारिएको छ। 

निर्वाचन कार्यालयको निर्देशन अनुसार निर्वाचन प्रक्रिया अघि बढाइने उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ