arrow

गोकर्णेश्वरमा मतगणना : कांग्रेस उम्मेदवारको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
local-level-election-everytime1.jpg

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा शुक्रबार रातिदेखि नै स्थानीय तहका जनप्रतिनिधिको मतगणना सुरु भएको छ । नगरपालिकाको वडा नं १ बाट मतगणना सुरु भएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिइन् । बिहानसम्म वडा नं १ को ८०० मतगणना सकिएको उनले सुनाइन् । 

प्रारम्भिक मत परिणामअनुसार नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवारले नेतृत्व लिएका छन् ।
  
नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ । ती मध्ये २४ हजार २४२ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो । नगरपालिकामा यसअघि नेपाली कांग्रेसले नगर प्रमुख, उपप्रमुखसहित छ वटा वडामा विजयी हासिल गरेको थियो । 
 
शुक्रबार भएको मतदानमा वडा नं १ दुई हजार ६७५, वडा नं २ मा दुई हजार २००, वडा नं ३ तीन हजार ३१, वडा नं ४ मा तीन हजार १५९, वडा नं ५ मा तीन हजार ८७७, वडा नं ६ मा तीन हजार ६८६, वडा नं ७ मा एक हजार ३५१, वडा नं ८ मा तीन हजार १५६ र वडा नं ९ मा एक हजार १८८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ