arrow

बुटवलमा चार सय मत गन्दा कांग्रेसको अग्रता, पछ्याउँदै राप्रपा, एमाले तेस्रोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
local-level-election-2079.jpg

बुटवल। बुटवल उपमहानगरपालिकामा अहिलेसम्म ४०० मत गणना भएको छ। पछिल्लो विवरण अनुसार मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले सुरुवाती अग्रता लिएका छन् । उनले १७५ मत ल्याएका छन् ।

परिणाम अनुसार बुटवलमा राष्ट्रिय प्रजातन्त्र पार्टी दोस्रो स्थानमा छ। राप्रपाका मृगेन्द्रकुमार शेरचनले ८८ मत ल्याएका छन्। तेस्रो स्थानमा एमाले छ। एमालेका बाबुराम भट्टराईले ६३ मत पाएका छन्। 

बुटवलको वडा नम्बर १ बाट मतगणना शुरु भएको हो । बुटवलमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ।

रुपन्देहीमा अहिले गणना भइरहेको बुटवल, सैनामैना, देवदह र सिद्धार्थनगर नगरपालिकाहरुमा कांग्रेसले अग्रता लिइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ