बुटवलमा चार सय मत गन्दा कांग्रेसको अग्रता, पछ्याउँदै राप्रपा, एमाले तेस्रोमा
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
598
Shares
बुटवल। बुटवल उपमहानगरपालिकामा अहिलेसम्म ४०० मत गणना भएको छ। पछिल्लो विवरण अनुसार मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले सुरुवाती अग्रता लिएका छन् । उनले १७५ मत ल्याएका छन् ।
परिणाम अनुसार बुटवलमा राष्ट्रिय प्रजातन्त्र पार्टी दोस्रो स्थानमा छ। राप्रपाका मृगेन्द्रकुमार शेरचनले ८८ मत ल्याएका छन्। तेस्रो स्थानमा एमाले छ। एमालेका बाबुराम भट्टराईले ६३ मत पाएका छन्।
बुटवलको वडा नम्बर १ बाट मतगणना शुरु भएको हो । बुटवलमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ।
रुपन्देहीमा अहिले गणना भइरहेको बुटवल, सैनामैना, देवदह र सिद्धार्थनगर नगरपालिकाहरुमा कांग्रेसले अग्रता लिइरहेको छ ।