arrow

सिद्धार्थनगरमा कांग्रेसको अग्रता, राप्रपा दोस्रो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
local-level-election-everytime1.jpg

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले शुरुआती अग्रता लिएको छ । यहाँ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ । सिद्धार्थनगर नगरपालिकाको वडा नं १ को मतगणना अनुसार नेपाली कांग्रेस उम्मेदवार ईस्तीयाक अहमदले ३९१ मत पाएका छन् ।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सागर प्रताप राणाले १६५ मतका साथ पछ्याएका छन् । नेकपा एमालेका मेयरका उम्मेदवार डा।राम प्रसाद बस्याले ६२ र जनता समाजवादी पार्टीका उम्मेदवार मातृका यादवले ५३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुख पदमा जनता समाजवादीका उम्मेदवारले १४४ मत पाएका छन् भने नेपाली कांग्रेस समर्थित गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवारले १२७ मत पाएका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले १०७ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारले ८६ मत पाएका छन् । 

उक्त वडाको वडाअध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारले ४१६ मतका साथ अग्रता लिएका छन भने १६५ मतका साथ जनता समाजवादी पार्टीका उम्मेदवार दोस्रोमा छन् । 

नेकपा एमालेका उम्मेदवारले ४८ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ४३ मत पाएका छन् । उनले अहिलेसम्म ७९२ मत गणना भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ