arrow

देउवाको गृहपालिका गन्यापधुरामा कांग्रेसलाई पछ्याउँदै बीपी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
local-level-election-12345.jpg

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका रहेको डडेलधुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । चार दिनसम्म देउवा आफ्नै निवासमा रहे पनि उनलाई स्थानीय स्थानीय तहमा कांग्रेसकै असन्तुष्ट समूहले नेतृत्व गरेको कांग्रेस (बीपी) ले पछ्याइरहेको छ । 

यो स्थानीय तहमा कांग्रेसका अध्यक्ष उम्मेदवार ईन्द्रबहादुर कार्कीले पाँच सय मत ल्याउँदा उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४ सय ५२ मत ल्याएर अग्रता लिएकी छिन् ।

कांग्रेस वीपीका अध्यक्ष उम्मेदवार सुरेन्द्रबहादुर मालीले २ सय ७६ तथा उपाध्यक्षमा एमालेका ईन्द्रबहादुर महराले २ सय ७५ मत ल्याएर दोस्रो स्थानमा छन् । 

यो पालिकामा कांग्रेसविरुद्ध नेपाली कांग्रेस बीपी र एमालेले चुनावी तालमेल गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ