arrow

पाँच पालिका भएको रसुवाको एक गाउँपालिकाको गणना आज साँझदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
Rasuwa_District.png

रसुवा । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना गएरातिदेखि सुरू भएको छ ।
          
जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आमाछोदिङ्मो, उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा मतगणना  सुरू भएको हो । 

गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत वडा नं ४ लाङ्टाङ केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले एक  गाउँपालिकाको गणना आज साँझदेखि मात्र सुरू हुने बताइएको छ ।

पाँच गाउँपालिकाको कूल ३८ हजार ५४५ मतदातामध्ये ५१ मतदान केन्द्रबाट करिब ७५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।

भौगोलिक विकटताका कारण पैदलमार्गबाट लाङ्टाङको मतपेटिका आज बिहानै धुञ्चे सदरमुकाम प्रस्थान गराई सकिएको जनाइएको छ । अहिलेसम्म करिब एक हजारभन्दा बढी मतगणना भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ