arrow

कञ्चनपुरमा कांग्रेसले खोल्यो खाता 

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
280479134_554473506193236_5501614122214713500_n.jpg

कञ्चनपुर । स्थानीय तहको निर्वाचनमा कञ्चनपुरको लालझाडी ६ मा नेपाली कांग्रेसले विजयको खाता खोलेको छ । कांग्रेस नेता दिवान विष्टको निर्वाचन क्षेत्र नम्बर १ को लालझाडी गाउँपालिकाका ६ नम्बर वडामा कांग्रेसका वडा अध्यक्षका उम्मेदवार हर्कनारायण जोशी प्यानलसहित विजयी भएका छन् । 

जोशीले ४५४ मत ल्याएर विजयी भएका हुन् । त्यसैगरी महिला सदस्य ज्ञानमती राना ४२९, दलित महिला सदस्य पदकी उम्मेदवार हिरा बिक ४३७, सदस्य महेन्द्र चौधरी ४३१ , सदस्य लिला चौधरी ४३२ मत ल्याएर विजयी भएका छन् । 

लालझाडी ६ बाट गाउँपालिका प्रमुख पदका नेपाली कांग्रेसका उम्मेदवार श्रीकृष्ण राना ४३०, उपप्रमुख राधा राना ४६८ मतका साथ अग्रता कायम गरेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ