arrow

झापामा ७० प्रतिशत मत खस्यो : सात स्थानीय तहमा मतगणना शुरु

logo
  युवराज रेग्मी,
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
jhapa-ele.JPG

वैशाख । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हिजो वैशाख ३० गते भएको निर्वाचन प्रक्रियामा झापा जिल्लामा कुल मतदाता मध्ये ७०.४८ प्रतिशत मतदाता मतदान प्रक्रियामा सामेल भएका छन् । 

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार कुल मतदाता सङ्ख्या ६ लाख ४६ हजार २ सय ३४ मतदाता मध्ये २ लाख १७ हजार ४ सय ५ पुरुष र २ लाख ३८ हजार १७ महिला गरी जम्मा ४ लाख ५५ हजार ४ सय ७६ जना मतदाता मतदान प्रक्रियामा सामेल भएका छन् । यो सङ्ख्या कुल मतदाताको ७०.४८ प्रतिशत हो । 

जस अनुसार भद्रपुर नगरपालिकामा ५१ हजार २ सय ६० मतदाता मध्ये १६ हजार १ सय ६७ पुरुष र १७ हजार ८ सय ४८ महिला गरी जम्मा ३४ हजार १५ जना मतदाताले मतदान गरेका छन् । जसअनुरूप भद्रपुर नगरपालिकामा ६६.३६ प्रतिशत मतदाता मतदान प्रक्रियामा सामेल भएका छन् ।

 मेचीनगर नगरपालिकामा ९० हजार २ सय २ मतदाता मध्ये ३० हजार ३ सय ८६ पुरुष र ३२ हजार ९ सय ५३ महिला गरी कुल ६३ हजार ३ सय ३९ मतादाता मतदान प्रक्रियामा सामेल भएका छन् । जसअनुरूप मेचीनगरमा ७०.२२ प्रतिशत मतदाता मतदान प्रक्रियामा सामेल भएका छन् । 

बिर्तामोड नगरपालिका अन्तरगत ५७ हजार ४ सय ९ मध्ये १९ हजार ९ सय ६७ पुरुष र २१ हजार ७७ महिला गरी जम्मा ४१ हजार ४४ मतदाता मतदान प्रक्रियामा सामेल भएका छन् । जसअनुरूप कुल मतदाताको ७१.४९ प्रतिशत मतदाता मतदान प्रक्रियामा सामेल भएका छन् । 

बुद्द्शान्ती गाउँपालिकामा ३५ हजार ६ सय ७७ मतदाता मध्ये १२ हजार १ सय ८७ पुरुष र १३ हजार ९७ महिला गरी जम्मा २५ हजार २ सय ८४ मतदाता मतदान प्रक्रियामा सामेल भए । जसअनुरूप कुल मतदाताको ७०.८७ प्रतिशत मतदाता मतदान प्रक्रियामा सामेल भएका छन् । 

५३ हजार ७ सय ४५ मतदाता रहेको अर्जुनधारा नगरपालिकामा १८ हजार ४ सय ३६ पुरुष र २० हजार ८७ महिला गरी कुल ३८ हजार ५ सय २३ मतदाताले मतदान गरेका छन् । जसअनुरूप ७१.५८ प्रतिशत मतदाता मतदान प्रक्रियामा सामेल भएका छन् ।

हल्दिबारी गाउँपालिकामा २३ हजार ९ सय ५७ मतदाता मध्ये ८ हजार २ सय ९ पुरुष र ९ हजार ५४ महिला गरी १७ हजार २ सय ७३ मतदाता मतदान प्रक्रियामा सामेल भएका छन् । जसअनुरूप हल्दिबारी गाउँपालिकामा ७२.१० प्रतिशत मतदाताले मतदान गरेका छन् ।

३० हजार २ सय २१ मतदाता रहेको कचनकबल गाउँपालिकामा १० हजार ६ सय ७७ पुरुष र ११ हजार ५ सय ८१ महिला गरी जम्मा २२ हजार २ सय ५८ मतदाताले मतदान गरेका छन् । जसअनुरूप कचनकबलमा ७३.६५ प्रतिशत मतदाता मतदान प्रक्रियामा सामेल भएका छन् ।

२५ हजार ८ सय २६ मतदाता रहेको बार्हदशी गाउँपालिकामा ९ हजार ३ सय ४ पुरुष र ९ हजार ९ सय १३ महिला गरी जम्मा १९ हजार २ सय १७ मतदाताले मतदान गरेका छन् । जसअनुरूप बार्हदशी गाउँपालिकामा ७४.४१ प्रतिशत मतदाता मतदान प्रक्रियामा सामेल भएका छन् ।

त्यसैगरि २३ हजार ९ सय ४४ मतदाता रहेको झापा गाउँपालिकामा ८ हजार ९ सय २० पुरुष र ८ हजार ९ सय ५७ महिला गरी कुल १७ हजार ८ सय ७७ मतदाताले मतदान गरेका छन् ।जसअनुरूप झापा गाउँपालिकामा ७४.६६ प्रतिशत मतदाता मतदान प्रक्रियामा सामेल भएका छन् । 

३५ हजार ४ सय ७१ मतदाता रहेको कनकाई नगरपालिकामा १२ हजार ८३ पुरुष र १३ हजार ७ सय ६८ महिला गरी जम्मा २५ हजार ८ सय ५१ मतदाताले मतदान गरेका छन् । जसअनुरूप कनकाई नगरपालिकामा ७२.८८ प्रतिशत मतदाताले मतदान गरेका छन्। 

५५ हजार ३ सय ७८ मतदाता रहेको सिबसताक्षी नगरपालिकामा १७ हजार ६ सय २२ पुरुष र १९ हजार ८ सय ६४ महिला गरी ३७ हजार ४ सय ८६ मतदाताले मतदान गरेका छन् । जसअनुरूप ६७.६९ प्रतिशत मतदाता मतदान प्रक्रियामा सामेल भएका छन् । 

३७ हजार ९ सय ५० मतदाता रहेको कमल गाउँपालिकामा १२ हजार १ सय ४४ पुरुष र १४ हजार ९८ महिला गरी जम्मा २६ हजार २ सय ४२ मतदाताले मतदान गरेका छन् । जसअनुरूप कमल गाउँपालिकामा ६९.१५ प्रतिशत मतदाता मतदान प्रक्रियामा सामेल भएका छ्न । 

 त्यसै गरी ४३ हजार ५ सय ४४ मतदाता रहेको गौरादह नगरपालिकामा १४ हजार २ सय ३९ पुरुष र १५ हजार ५ सय ९७ महिला गरी २९ हजार ८ सय ३६ मतदाताले मतदान गरेका छ्न । जसअनुरूप गौरादह नगरपालिकामा ६८.५२ प्रतिशत मतदाता मतदान प्रक्रियामा सामेल भएका छन् ।

त्यसैगरि २३ हजार ४ सय ७४ मतदाता रहेको गौरिगंज गाउँपालिकामा ८ हजार ३ सय ४८ पुरुष र ८ हजार ९ सय ८८ महिला गरी १७ हजार ३ सय ३६ मतदाताले मतदान गरेका छन् । जसअनुरूप गौरिगंज गाउँपालिकामा ७३.८५ प्रतिशत मतदाता मतदान प्रक्रियामा सामेल भएका छ्न ।

त्यसै गरी ५८ हजार १ सय ७६ मतदाता रहेको दमक नगरपालिकामा १८ हजार ७ सय १६ पुरुष र २१ हजार १ सय ७९ महिला गरी ३९ हजार ८ सय ९५ मतदाताले मतदान गरेका छ्न । जस अनुरूप दमक नगरपालिकामा ६८.५८ प्रतिशत मतदाता मतदान प्रक्रियामा सामेल भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

झापामा हाल सम्म ७ वटा स्थानीय तहमा मतगणना शुरु भएको छ। जस अनुरूप कनकाई, कचनकवल, भद्रपुर, हल्दिवारी, बाह्रदशी दमक र कमलमा मात्र मतगणना शुरु भएको छ ।

१५ वटा स्थानीय तह रहेको झापा जिल्लामा सबै पालिकाहरू बाट मतगणना शुरु भए/नभएको सबै जानकारी आइनसकेको झापाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिए।



नयाँ