arrow

ललितपुर महानगरको मतगणना हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
lalitpur-map.png

ललितपुर । ललितपुर महानगरपालिकामा ७ बजेदेखि सर्वदलीय बैठक शुरु भएको छ । सो बैठक सकेर मतगणना शुरु हुने जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरेले जानकारी दिइन्। 

जिल्लाका छ पालिकामध्ये चार पालिकामा मतगणना शुरु भएको छ भने दुई पालिकामा शुरु गर्ने तयारी गरिएको छ । गोदावरी नगरपालिकामा गएराति १ बजेदेखि मतगणना शुरु भएको थियो । 

जिल्लाका दक्षिणी भेगमा पर्ने बागमती , कोञ्जेसोम  र महाङ्काल गाउँपालिकामा गएराति अबेरदेखि नै मतगणना शुरु भएको बताइएको छ । 

महालक्ष्मी नगरपालिकामा आज ११ बजेदेखि मात्रै गणना शुरु हुने भएको छ । राति बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ