arrow

ताप्लेजुङमा ६४ प्रतिशत मत खस्यो, मतगणना शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
Taplejung_District.png

फुङ्लिङ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको ताप्लेजुङमा मतगणना शुरु भएको छ । मेरिदेन  र आठराई त्रिवेणी गाउँपालिकामा गएरातिदेखि मतगणना शुरु भएको छ । नौ स्थानीय तहमध्ये मेरिङदेनमा ५०० मतगणना भएको छ जिल्ला निर्वाचन कार्यालयले ताप्लेजुङले जनाएको छ । 

आठराई त्रिवेणी गाउँपालिकामा पनि मतगणना शुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । फुङ्लिङ नगरपालिकासहित सात स्थानीय तहमा भने सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन आयोगले जनाएको छ । 

६४ प्रतिशत मत खस्यो
ताप्लेजुङमा ६४ प्रतिशत मत खसेको छ । ८९ हजार ६८० मतदाता रहेको जिल्लामा ६४ प्रतिशत मत खसेको हो । एक नगरपालिकासहित नौ स्थानीय तहमा १२२ मतदान केन्द्रबाट मतदान भएको थियो । पाथिभरा याङ्वरक गाउँपालिकामा ६१।९९ प्रतिशत, आठराई त्रिवेणी गाउँपालिकामा ६२ प्रतिशत, मैवाखोला गाउँपालिकामा ६५।११ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । 

सिदिंवा गाउँपालिकामा ६२ प्रतिशत, फक्ताङलुङ गाउँपालिकामा ६५।३५ प्रतिशत, सिरिजङ्घा गाउँपालिकामा ६२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत दिनेश खनालले जानकारी दिए । यस्तै जिल्लाको एकमात्र नगरपालिका फुङ्लिङ नगरपालिकामा ६४ प्रतिशत, मेरिङदेनमा ७१ प्रतिशत र मिक्वाखोला गाउँपालिकामा ६५ प्रतिशत मत खसेको हो । 

फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोलामा वडाध्यक्षसहित पाँचै जना जनप्रतिनिधि भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । यसका कारण सो वडाको दुवै मतदान केन्द्रमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान भएको छ ।

यस्तै २७६ जना मतदाता रहेको ओलाङचुङ्गोलामा ८५ मत खसेको छ । ४२ जना पुरुष र ४३ जना महिलाले मतदान गरे । यस्तै १६६ मतदाता रहेको घुन्सामा ८१ मत खस्यो । जसमा ४४ पुरुष र ३७ महिला छन् । यता ग्याब्लामा भने ३२ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ