arrow

यसरी हुँदैछ काठमाडौं महानगरपालिकाको मतगणना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
ktm-canided-mayour.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो । 

निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना गरिनेछ । कार्यालयले अहिले मतगणनाका लागि दलका प्रतिनिधिलाई परिचयपत्र वितरण गरिरहेको र सोपश्चात् मतगणना सुरु गर्ने निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए । 
    
सुरुआती चरणमा एक ठाउँबाट गणना गर्ने तयारी गरिएको र केहीबेरमा गणनास्थल थप गरिने उनले जानकारी दिए । सुरुमा वडा नं १ र ३२ को मत गणना गरिने अधिृकत श्रेष्ठले जानकारी दिए । शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ