arrow

डडेल्धुराको पाँच पालिकामा मतगणना जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
election-2079.jpg

डडेल्धुरा । डडेल्धुराका सात पालिकामध्ये पाँच पालिकामा मतगणना सुरु भएको छ । 

जिल्ला सदरमुकाममा स्थित अमरगढी र पर्शुराम नगरपालिका सहित गन्यापधुरा, नवदुर्गा  र आलिताल गाउँपालिमा मतगणना सुरू भएको जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख हरिप्रसाद पङ्गेनीले जानकारी दिए । 

अन्य दुई  पालिकामा आजै मतगणना सुरू हुने बताए । भागेश्वर गाउँपालिकाको आज बिहान १० बजेपछि सुरु हुने भएको सहायक निर्वाचन अधिकृत हर्ष रोकाले बताए।  अजयमेरू गाउँपालिका-२ चमडामा विवाद रहेको जनाइएको छ । 

गन्यापधुरामा ४०० मतगणना गर्दा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार इन्द्र कार्कीले १९४ मत ल्याएर अग्रता लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ