arrow

कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप, एकको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
solukhumbu.png

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र्रका कार्यकर्ताबचि झडप भएको छ । झडपमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । 

मतदातालाई घर लैजाने विषयमा विवाद हुँदा भएको दोहोरो झडपमा एक जनाको मृत्यु भएको हो । वडा नम्बर ३ मा भोट खासल्न आएकी बिरामी वृद्धा महिलाको मृत्युपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको हो । 

शुक्रबार साँझ भएको घटनमा घाइते भएका ३५ वर्षीय सुदीप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कांग्रेस कार्यकर्ताको ढुंगा प्रहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । 

झडपमा कांग्रेसका कार्यकर्ताहरु पनि घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दमकी बिरामी वृद्धालाई मत हाल्न ल्याएर मतदान गरेपछि घर पुर्याउन माओवादीले बेवास्ता गरेको कांग्रेसले आरोप लगाएपछि झडप भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ