arrow

विराटनगरसहित मोरङका छ वटा पालिकामा शुरु भएन मतगणना, ११ वटाको जारी 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
vote-matpetika.jpg

मोरङ । विराटनगर महानगरपालिकासहित मोरङका छवटा पालिकामा अझैसम्म मतगणना शुरु हुन सकेको छैन । मोरङमा १७ वटा स्थानीय तह छन् । ११ वटाको भने मतगणना शुरु भइसकेको छ । विराटनगर महानगरपालिका, रतुवामाई, लेटाङ, सुन्दरहरैँचा र पथरीशनिश्चरे नगरपालिका तथा केराबारी गाउँपालिकामा मतगणना शुरु हुन नसकेको हो । 

बेलबारी, उर्लाबारी, रङ्गेली र सुनवर्षी नगरपालिका तथा जहदा, धनपालथान, कटहरी, ग्रामथान, कानेपोखरी, बूढीगङ्गा र मिक्लाजुङ गाउँपालिकामा मतगणना जारी छ । केही पालिकाबाट प्रारम्भिक विवरण पनि प्राप्त भइरहेको छ । 

पछिल्लो विवरण अनुसार कानेपोखरी र उर्लाबारीमा एमालेले अग्रता लिएको छ । अन्य केहीमा कांग्रेससका उम्मेदवार अगाडि छन् । केहीको प्रारम्भिक विवरण प्राप्त भइसकेको छैन ।

विराटनगर महानगरमा आज बिहान ८ बजेदेखि मतगणना शुरु गर्ने भनिएको थियो । तर दुई घन्टाभन्दा बढी समय बितिसक्दा पनि गणना शुरु हुन सकिरहेको छैन । दलका प्रतिनिधि आइनपुगेको र वर्ष पनि भएका कारण मतगणना शरु गर्न समय लागेको बताइएको छ । विराटनगर–७ स्थित आदर्श माविमा मतगणनाको तयारी छ । 

१९ वटा वडा रहेको विराटनगरमा ८९ हजार छ सय ७८ मत खसेको छ।  महानगरमा एक लाख ३३ हजार एक सय ४२ मतदाता थिए। सिसी क्यामेरा जडान गरिएको गणनास्थललाई तालजालीले समेत घेरिएको छ । 

अरु पालिकाको भने मतपेटिका सङ्कलनमा ढिलाइ भएका कारण गणना शुरु गर्न केही समय लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ