- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कास्की । कास्कीको रुपा गाउँपालिकामा शुक्रबार भएको निर्वाचनमा १० हजार ३४४ मत खसेको छ ।
गाउँपालिकामा कूल १४ हजार ६७५ मतदाता थिए । सबै मतदान केन्द्रको मतपेटिका आएसँगै सर्वदलीय वैठक बसी मतगणना सुरु गरिएको निर्वाचन अधिकृत रुद्र सुवेदीले जानकारी दिए ।
गाउँपालिकाको वडा नं १ र २ को मतगणना भइरहेको र हाल ८०० जति मतगणना भइसकेको उनले जानकारी दिए ।
उनकाअनुसार गणनामा वडा नं १ मा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (एमाले)ले अग्रता लिएको छ ।