arrow

दिल्ली भवनमा आगलागी:  ७ जनाको मृत्यु, ७० बढी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
delhi-fire-aagalagi.jpg

काठमाडौं । शुक्रबार साँझ पश्चिम दिल्लीको एक चार तले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने, कयौं घाइते भएका छन् ।

दिल्ली फायर निर्देशक अतुल गर्गले मुन्डका मेट्रो स्टेशन नजिक घटना भएको पुष्टि गरेका छन् । शुक्रबार राति अबेरसम्म आगो निभाउने र उद्धार कार्य जारी रहँदा अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने आशंका गरेका छन् ।

विभिन्न भिडियो क्लिपहरूले भाँचिएको झ्यालबाट झुण्डिएर डोरी प्रयोग गरी भवनबाट भाग्ने प्रयास गरिरहेको र  धेरै मानिसहरूले अर्काे भवनमा हाम फाल्ने प्रयास गरेको देख्न सकिन्छ।

साँझ ४ बजेर ४० मिनेटतिर लागेको आगो निभाउने प्रयास गर्दा गर्दै रातपरेपछि ठूलोरुप लिएको थियो । अधिकारीहरू थप शव निकाल्ने प्रक्रियामा र करिब ३० वटा दमकल घटनास्थलमा र एम्बुलेन्सहरू उद्धार कार्यका लागि तैनाथ रहेको बताइएको छ ।

४० भन्दा बढी मानिस जलेर अस्पताल भर्ना भएका छन्, भवनबाट करिब ६० देखि ७० जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सीसीटीभी क्यामेरा र राउटर निर्माण गर्ने कम्पनीको कार्यालय रहेको भवनको पहिलो तल्लाबाट आगलागी सुरु भएको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै दिल्लीमा भएको भयानक आगलागीबाट ज्यान गुमाउनेको घटनाले अत्यन्तै दुःखी भएको बताएका छन् । शोकसन्तप्त परिवारहरूलाई सान्त्वना दिँदै उनले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै यो दुखद घटनाको बारेमा थाहा पाउँदा स्तब्ध र दुखित भएकाे बताएका छन् ।

उनले भनेका छन्, 'म निरन्तर अधिकारीहरुको सम्पर्कमा छु । हाम्रा बहादुर दमकलहरूले आगो नियन्त्रण गर्न र जीवन बचाउन सक्दो प्रयास गरिरहेका छन्। भगवानले सबैको कल्याण गरून्।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ