arrow

विराटनगर महानगरमा मतगणना शुरु

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
vote-counting-2079-420.jpg

विराटनगर । विराटनगर महानगरपालिकाको मतगणना शुरु भएको छ । शनिबार बिहान ८ बजेदेखि शुरु गर्ने भनिएको मतगणना वर्षात्का कारण केही ढिला गरेर शुरु भएको हो ।

अहिले विराटनगरको १८ नम्बर वडाको मतपेटिका खोलिएको छ । पहिलो चरणमा वडा नम्बर १, २, १६, १७, १८ र १९ को मतगणना शुरु भएको हो ।

मतगणना कक्षमा मतपेटिकाको सिल खोलेर मतपत्र मिलाउने काम शुरु भएको छ । एक लाख ३३ हजार १४२ मतदाता रहेको विराटनगर महानगरमा ८९ हजार ६७८ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ