arrow

देउमाईमा झडपको स्थिति, मतगणनास्थलमा कर्मचारीको खल्तीमा मोबाइल र स्वस्तिक छाप  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
ilam-deumai-bibad.jpg

मंगलबारे । इलामको देउमाई नगरपालिकाको मतगणनाको क्रममा चर्को विवाद भएको छ । मतगणनास्थलमा नगरपालिकाका एक जना कर्मचारीको साथमा मोबाइल र स्वस्तिक छाप भेटिएपछि विवाद उत्पन्न भएको हो । 

मतगणनास्थलमा मोबाइल लैजान पाइँदैन । तर कर्मचारीको खल्तीबाट स्वस्तिक छाप नै देखिएपछि चर्को विवाद भएको हो । शुरुआतमा ती कर्मचारीले मोबाइल छैन भनेको तर बाहिर ल्याएर तलासी गर्दा मोबाइल भेटिएको थियो । मोबाइल खल्तीबाट निकाल्दा स्वस्तिक छापसमेत फेला परेको थियो । 

मतगणना भइरहँदा मोबाइल र स्वस्तिक छाप भेटिएपछि भने आशंका बढेको छ । नेपाली कांग्रेसका कार्यकर्ताले उक्त मोबाइल र स्वस्तिक छाप फेला पारेका हुन् । यो घटनासँगै गठबन्धनका नेता कार्यकर्ताले पुनः मतदानको माग गरेका छन् । 

गठबन्धनका मेयरका उम्मेदवारलाई दिइएको भोटमा त्यही कोलममा दुई वटासम्म स्वस्तिक छाप भेटिएपछि धेरै मत बदर भएको जनाइएको छ । योसँगै कर्मचारीहरुको मिलेमतो रहेको आशंका बढेको हो । 

अहिले झडपको स्थितिमा पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ