arrow

हेटौंडा उपमहानगरमा एमालेको सुरुआती अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
hetauda-agrata.JPG

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नेकपा एमाले सुरुआती अग्रता लिएको छ । हेटौंडा उपमहानगरपालिका १ को २०० मतगणना गर्दा एमालेको तर्फबाट मेयरका उम्मेदवार अनन्त पौडेलले ७१ मत प्राप्त गरेका छन् । 

त्यस्तै गठबन्धनको तर्फकी मिना कुमारीलामाले ६५ मत प्राप्त गरेकी छन् । त्यस्तै राप्रपाका दीपक बहादुर सिंहको ४२ मत प्राप्त भएको छ ।त्यस्तै उपमेयरमा गठबन्धन तर्फका उम्मेदवार नेपाली काङ्ग्रेसका राजेश बानियाँको ८८ मत प्राप्त भएको छ । 

नेकपा एमालेका उम्मेदवार सुमित्रा काफ्लेको ८२ मत प्राप्त भएको छ । त्यस्तै राप्रपाका उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानेको ८ मत प्राप्त भएको छ । त्यस्तै हेटौंडा उपमहानगरपालिका-१ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सविन न्यौपानेले ९२ मत प्राप्त गर्दा एमालेका उत्तम पौडेलको ८९ मत प्राप्त भएको छ त्यस्तै राप्रपाका सुजन शाहीको ८ मत प्राप्त भएको छ ।

४ हजार ७ सय ८८ मतदाता रहेका हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा ३ हजार २ सय ९३ जनाले मतदान गरेका थिए ।हेटौंडा उपमहानगरपालिका प्रमुखका लागी १८ जना चुनावी मैदानमा छन् । त्यस्तै उपमेयरका लागि ९ जना चुनावी प्रतिस्पर्धामा छन् ।

हेटौडा उपमहानगरपालिकामा कुल १ लाख ४ हजार ४ सय ७३ जना मतदाता रहेकोमा १९ वटा वडाहरूका ७४ हजार १ सय ८५ जनाले मतदान गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ