arrow

नेपालगञ्जमा मतगणना शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
local-level-election-everytime1.jpg

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मतगणना शुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना शुरु भएको बाँकेका जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिए ।  

उनका अनुसार जिल्लाको जानकी गाउँपालिका, खजुरा, बैजनाथ, नरेनापुर र राप्ती सोनारी गाउँपालिकामा बिहानदेखि मतगणना शुरु भएको छ । बाँकेमा ६५ प्रतिशत मतदान भएको थियो । 

एक उपमहानगरपालिका, ६ गाउँपालिका रहेको जिल्लामा बाँकेका आठ स्थानीय तहमा तीन लाख २९ हजार ४७३ मतदाता रहेका छन् । बाँकेका आठ स्थानीय तहमा १३६ मतदानस्थल र ३७९ मतदान केन्द्र रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ