arrow

हेटौंडामा एमालेको सुरुआती अग्रतालाई गठबन्धनले तोड्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
hetauda-agrata.JPG

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा मेयरका लागि नेकपा एमालेले गरेको सुरुआती अग्रतालाई गठबन्धनले तोडेको छ ।हेटौंडा उपमहानगरपालिका १ को ३०० मतगणना गर्दा एमालेको तर्फबाट मेयरका उम्मेदवार अनन्त पौडेलले १०४ मत प्राप्त गरेका छन् । 

गठबन्धनको तर्फकि मिना कुमारी लामाले १०९ मत प्राप्त गरेकी छन् । त्यस्तै राप्रपाका दिपक बहादुर सिंहको ५४ मत प्राप्त भएको छ ।त्यस्तै उपमेयरमा गठबन्धन तर्फका उम्मेदवार नेपाली काङ्ग्रेसका राजेश बानियाँको १३२ मत प्राप्त भएको छ । 

नेकपा एमालेका उम्मेदवार सुमित्रा काफ्लेको १२५ मत प्राप्त भएको छ । त्यस्तै राप्रपाको १७ मत प्राप्त भएको छ ।त्यस्तै हेटौंडा उपमहानगरपालिका-१ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सविन न्यौपानेले १४१ मत प्राप्त गर्दा एमालेका उत्तम पौडेलको १३२ मत प्राप्त भएको छ ।

४ हजार ७ सय ८८ मतदाता रहेका हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा ३ हजार २ सय ९३ जनाले मतदान गरेका थिए ।हेटौंडा उपमहानगरपालिका प्रमुखका लागी १८ जना चुनावी मैदानमा छन् । 

त्यस्तै उपमेयरका लागि ९ जना चुनावी प्रतिष्पर्धामा छन् ।हेटौडा उपमहानगरपालिकामा कुल १ लाख ४ हजार ४ सय ७३ जना मतदाता रहेकोमा १९ वटा वडाहरुका ७४ हजार १ सय ८५ जनाले मतदान गरेका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ