arrow

भरतपुर महानगरको मतगणना शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
local-level-election-12345.jpg

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मतगणना शुरु भएको छ । बहुप्रतिक्षितमध्येको एक पालिका भरतपुरमा निकै सुरक्षा सचेतना अपनाएर मतगणना थालिएको हो । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाल मेयरकी उम्मेदवार भएकाले निकै चासोका साथ हेरिएको छ । त्यहाँ नेपाली कांग्रेसका बागी उम्मेदवार उठेसँगै गठबन्धन केही कमजोर भएको आँकलन गरिएको छ । 

बिहान ९ बजेदेखि मतगणना शुरु हुने भनिएको भए पनि सर्वदलीय बैठकमा सहमति हुन नसक्दा तीन घण्टा ढिला गरी मतगणना शुरु भएको हो । 

भरतपुर १० स्थित औद्योगिक केन्द्रमा मतगणना भइरहेको हो । वडा नम्बर १ बाट मतगणना थालिएको हो । २९ वडा भएकाले त्यहाँको अन्तिम परिणाम आउन कम्तीमा एक साता लाग्नसक्ने आँकलन गरिएको छ । 

एमालेबाट विजय सुवेदी र स्वतन्त्रबाट जगन्नाथ पौडेल (कांग्रेसका बागी) चुनावी मैदानमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ