arrow

दार्चुलाको मालिकार्जुनमा एमालेको अग्रता, वडा १ मा रमेश बोहराको प्यानलै विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
local-level-election-2079.jpg

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर १ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ । गाउँपालिकामा नेकपा एमाले अग्रता कायम राखेको छ ।

वडा नम्बर १ को मत गणना हुँदा एमालेका वडाअध्यक्ष पदका उम्मेदवार रमेशसिंह बोहरा २९१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका गौरसिंह बोहराले १४८ मत ल्याएका थिए ।

वडा सदस्यमा पनि एमालेकै प्रतिनिधि निर्वाचित भएको बताइएको छ । गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार हिरासिंह धामीले ३९९ मत ल्याएर एमालेले अग्रस्थान कायम गरेको छ। गठबन्धनको तर्फबाट नेपाली कांग्रेशका नरेन्द्रसिंह धामीले १९५ मतसहित पछ्याइरहेका छन् ।

मालिकार्जुन गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न हुँदासम्म अध्यक्ष पदमा एमाले २०४ मतले अगाडी देखिएको छ ।

उपाध्यक्ष पदमा गठबन्धनको तर्फबाट माओबादी नेता कल्यानसिह धामीले २७५ मत प्राप्त गर्दै अग्रता लिएका छन्। एमाले उम्मेदवार गोमती भट्टको उपाध्यक्षमा २६५ मत प्राप्त भएको छ । मत गणना जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ