arrow

मनाङमा एमालेका कान्छा घले निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
Manangi-hamrakura.jpg.jpeg

मनाङ । हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कान्छा घले निर्वाचित भएका छन्। उनले ८६१ मत प्राप्त गरी विजयी भएका छन् । 

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ओङ्मा गुरुङले ७१९ मत प्राप्त गरेका छन् । यस्तै गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ धावा गुरुङ निर्वाचित भएका छन्। उनले ७४४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रिन्जेन ध्वर्जे गुरुङले ७१९ मत प्राप्त गरेका छन् । मनाङ ङिस्याङ गाउँपालिकामा कूल तीन हजार ५३५ मतदातामध्ये एक हजार ६५७ मत मात्रै खसेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ