arrow

काठमाडौंमा वालेन्द्रको अग्रता बढ्दै, सिर्जना र केशवबीच प्रतिस्पर्धा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
279154626_1078752299726684_2033123627064816402_n.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । करिब १० बजेबाट शुरु भएको मतगणनाको प्रारम्भिक परिणाम बाहिर आएको छ । १५२ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह अगाडि रहेका छन् । 

वालेन्द्रले ५७ मत पाएका छन् । त्यसैगरी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४४ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४२ मत पाएका छन् ।

राप्रपाका मेयर पदका उम्मेदवार मदनदास श्रेष्ठले नौ मत ल्याएका छन् । मेयरका ५५ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

महानगर र उपमहानगरपालिकाको मतपरिणाम यो लिंकमा हेर्न सकिने छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ