arrow

विराटनगरमा नागेशलाई अग्रता, एमालेका सागर निकै पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
birathanager-congress-local-election.jpg
तस्बिर– फाइल

विराटनगर । विराटनगर महानगरपालिकाको मतगणना शुरु भएको छ । शनिबार बिहान ८ बजेदेखि शुरु गर्ने भनिएको मतगणना वर्षात्का कारण केही ढिला गरेर शुरु भएको हो ।

अहिले विराटनगरको १८ नम्बर वडाको मतपेटिका खोलिएको छ । पहिलो चरणमा वडा नम्बर १, २, १६, १७, १८ र १९ को मतगणना शुरु भएको हो ।

एक लाख ३३ हजार १४२ मतदाता रहेको विराटनगर महानगरमा ८९ हजार ६७८ मत खसेको थियो ।

प्रारम्भिक परिणामअनुसार महानगरमा १५० मत गणना हुँदा गठबन्धनका उम्मेदवार नागेश कोइरालाले ५५ मत पाएका छन् । एमालेका सागरकुमार थापाले २२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले १९ मत पाएका छन् । 

त्यस्तै उपमेयरमा एमालेकी शिल्पा कार्कीले ३० मत ल्याएकी छिन् । गठबन्धन उम्मेदवार अमरेन्द्र यादवले २५ मत पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ