arrow

कांग्रेस उम्मेदवार कुटिएपछि धुर्कोटमा मतगणना अनिश्चित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३१ शनिबार
local-level-election-12345.jpg

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकमा नेपाली कांग्रेस वडाध्यक्षका उम्मेदवार गोपाल थापामाथि हातपात भएपछि मतगणना अनिश्चित भएको छ । 

जिल्लाका अन्य पालिकामा मतगणना चलिरहँदा धुर्कोटमा भने सर्वदलीय बैठक पनि बस्न सकेको छैन । शुक्रबार राति करिब ९ बजे पालिका केन्द्र बर्बोटमा माओवादी–एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा वडाध्यक्षका उम्मेदवार थापा घाइते भइका थिए । 

झडपमा थापासँगै जैसीथोकका निरञ्जन कुँवर र सञ्जय नेपाली पनि घाइते भएका छन् । घाइतेको गुल्मी जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि बुटबल पठाइएको छ । 

झडपमा सहभागी धुर्कोट रजस्थलका पाँच र गुल्मी दरबार गाउँपालिकाका एक गरी छ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो । निर्वाचन अधिकृत मुना पौडेलका अनुसार सर्वदलीय बैठक पनि शुरु हुन सकेको छैन । 

मुजुल्कामा हस्ताक्षर गरेका दलहरुबीचमा सर्वदलीय बैठक राख्नुपर्ने भए पनि कांग्रेसबाट प्रतिनिधि नआउँदा बैठक बस्न नसकेको उनले जानकारी दिए । अहिले सर्वदलीय बैठकको प्रयास भइरहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ