arrow

काठमाडौंमा वालेन्द्र अगाडि, स्थापितले पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
balen-saha.PNG

काठमाडौं । काठमाडौं महानगरपालिकामा र्‍यापर इन्जिनियर अगाडि रहेका छन् । स्थानीय तहको निर्वाचन २०७९ को मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार र्‍यापर एवं इन्जिनियर वालेन्द्र साह अगाडि देखिएका हुन् ।

चार हजार ४४४ हुँदा वालेन्द्रले १५७५ मत पाएका छन् ।  एमालेका उम्मेदवार केशव स्थापितले ९८५ मत प्राप्त गरी साहलाई पछ्याइरहेका छन् भने  गठबन्धनबाट उम्मेदवार दिएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८२५ मत पाएकी छिन् । 

राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाउँदा विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले मात्र ७३ मत पाएकी छिन् । उम्मेदवार नै नउठाएको नेकपा एकीकृत समाजवादीको कलम चुनाव चिन्हले ४० मत पाएको छ । 


त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनीता डङ्गोल अगाडि रहकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ