arrow

पच्चीस सय मत गणना हुँदा रेणुनै अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
renu-dahal.jpg

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनकी उम्मेदवार नेकपा माओवादीकी नेतृ रेणु दाहाल अगाडि रहेकी छन् । २ हजार ५ सय ८१ मत गणना हुँदा रेणुले ९ सय ८० मत पाएकी छन् । 

त्यस्तै नेकपा एमालेका विजय सुवेदीले ८ सय ७१ मत पाएका छन् । नेपाली कांग्रेसका विद्रोही स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले भने ३ सय २६ मत ल्याएका छन् । 

यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले अगाडि रहेका छन् । प्रचण्डको गृह जिल्ला भएको कारण यो महानगरपालिकालाई निकै महत्त्वका साथ हेरिएको छ । रेणु निवर्तमान मेयर हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ