arrow

भरतपुर निर्वाचन : कुन उम्मेदवारले कति ल्याए मत ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
bharatpur-mahanagarpalika-metro-uml1.png

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले अग्रता कायम राखेको छ । गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले अग्रता कायम राखेकी हुन् । दुई हजार ९६८ मत गणना गर्दा उनले ९८ मतले अग्रता कायम राखेकी छन् ।

दाहालले एक हजार १०५ मत प्राप्त गरेकी छन् । नेकपा (एमाले)का विजय सुवेदीले एक हजार सात मत प्राप्त गरेक छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत प्राप्त गरेका छन् । 

यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एक हजार २२६ मत पाएका छन् उनको प्रतिस्पर्धी एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८३० मत पाएकी छन् ।

यस्तै हाल गणना भएको वडा नम्बर १ मा नेपाली कांग्रेसका केशव महर्जनले एक हजार २४४ र एमालेका शुक्रकुमार श्रेष्ठले एक हजार १९९ मत प्राप्त गरेकी छन् ।

गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकामा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा एमालेले अग्रता कायम गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ