arrow

बारामा कांग्रेस ३, एमाले २ र जसपा १ वडाध्यक्षमा विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
election-2079.jpg

कलैया । निजगढ नगरपालिका वडा नं १३ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएका छन् । 

कांग्रेसका उम्मेदवार सूर्य घलानले ७७९ मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका हुन् । 

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उनी सोही पदमा निर्वाचित  भएका थिए । 
 
यसैगरी जितपुरसिमराको वडा नम्बर १ र २४ मा पनि कांग्रेसका उम्मेदवार विजय भएका भने वडा नं २३ मा नेकपा (एमाले) र प्रसौनी गाँउपालिकाको वडा नम्बर १ मा पनि एमाले कै वडाध्यक्ष निर्वाचित भएको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए । 

त्यसैगरी करैयामाई गाउँपालिकाको वडा नम्बर १ मा जसपाका उम्मेदवारले प्यानलसहित जित हासिल गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ