arrow

डेढ दर्जन पालिकाको अन्तिम परिणाम आयो, कांग्रेस लाग्यो अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
local-level-election-2079.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । देशैभर निकै सु्स्त गतिमा भइरहेको मतगणनाअनुसार अहिलेसम्म १७ पालिकाको अन्तिम परिणाम आइसकेको छ । 

सात सय ५३ पालिकामध्ये सात सय ५२ पालिकाको निर्वाचन भएको हो । तर कपिलवस्तुको एक पालिकाको निर्वाचन भने पर्सीमात्र हुनेछ । त्यसैगरी ३० गते हुनुपर्ने निर्वाचन विभिन्न कारणले गर्दा ८५ केन्द्रमा स्थगित भएको थियो । उक्त स्थगित निर्वाचन भोलिदेखि विभिन्न चरणमा हुँदैछ । 

अहिलेसम्म १७ पालिकाको मतपरिणाम आएको छ । जसमा नेपाली कांग्रेसले सात, नेकपा एमालेले छ, नेकपा माओवादी केन्द्रले दुई तथा नेकपा एकीकृत समाजवादीले दुई पालिका प्रमुख जितेका छन् ।

कहाँ कसले जिते ? 
नेपाली कांग्रेसका विजयी
१, नार्पा भूमि गाउँपालिका– कोन्जो तेन्जिङ लामा 
२, नासोँ गाउँपालिका – धनबहादुर गुरुङ 
३, घरपोझङ गाउँपालिका – मोहनसिंह लालचन
४, रेसुङ्गा नगरपालिकामा – खिलध्‍वज पन्थी 
५, गन्यापधुरा गाउँपालिका – ईन्द्रबहादुर कार्की
६, गुल्मीदरबार गाउँपालिका – सरोजकुमार थापा
७, बडीकेदार गाउँपालिका – भैरवबहादुर साउद

नेकपा एमालेका विजयी
१, मनाङ ङिस्याङ गाउँपालिका – कान्छा घले 
२, चामे गाउँपालिका – अध्यक्ष लोकेन्द्रबहादुर घले
३, घेकर दामोदरकुण्ड गाउँपालिका – लोप्साङ छोम्पेल विष्ट 
४, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका – रिङजिन नामगेल गुरूङ
५, लोमान्थाङ गाउँपालिका – टसी न्वर्वु गुरूङ
६, से फोक्सुण्डो गाउँपालिका – धावा सम्डुङ गुरुङ

नेकपा एकीकृत समाजवादीका विजयी
१, छार्का साङतोङ गाउँपालिका –सेनाङ गुरुङ
२, काइके गाउँपालिका – अंगदकुमार राना

नेकपा माओवादी केन्द्रका विजयी
१, जगदुल्ला गाउँपालिका – नारसिङ रोकाय 
२, नौमुले गाउँपालिका – छविराम सुवेदी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ