arrow

जनकपुरमा कांग्रेसका विद्रोही साहको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
manoj-kumar-shah.PNG

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायम राखेका छन् ।  कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका साह ले ८६९ मतका साथ अग्रता कायम राखेका छन् । 

एमालेका उम्मेदवार शिवशङ्कर साह ले ४६१ मत प्राप्त गरेका छन् ।
 
यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले २४४ मत, लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले १६४ तथा जसपाका लालकिशोर साहले १४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए।

जनकपुरधाम उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनले नेपाली कांग्रेसलाई मेयरको पद नदिएपछि साहले विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ