arrow

हेटौंडामा गठबन्धन उम्मेदवार उछिन्दै एमाले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
election-2079.jpg

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाको अग्रतालाई एमालेले फेरी तोडेको छ ।

हाल हेटौंडा–१, २, १८ र १९ नम्बर वडामा मतगणना कार्य भइरहेको छ । हालसम्म ३०७६ मत गणना हुँदा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले ९२३ मत प्राप्त गरेका छन् । 

सत्तारुढ गठबन्धनतर्फ मेयरकी उम्मेदवार मिना लामाले ९२२ मत प्राप्त गरेकी छन् । एमालेले १ मतले अग्रता लिएको छ।

राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह ८३९ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।उपमेयरमा कांग्रेसका राजेश बानियाँले १३५० मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ