arrow

डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
badikedar.JPG

डोटी । डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेस बिजयी भएको छ । नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भैरव बहादुर साउद बिजयी भएका हुन् । साउदले २३४३ मत ल्याएर बिजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चक्र बहादुर घर्ती मगरले १६८४ मत ल्याएर हार व्यहोरेका छन् । तेस्रोमा आएका नेकपा एकीकृत समाजवादीका भक्त बहादुर साउदले १४७१ मत ल्याएका छन् ।

त्यसै गरी गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका डम्मरी कुमारी बिष्ट बिजयी भएकी छन् । उनी २४०७ मत ल्याएर बिजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सपना सिराडीले २२७६ मत ल्याएकी छन् । त्यसै गरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी देवीसरा देवी घर्ती मगरले ८३२ मत ल्याएकी छन् ।

बडीकेदार गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका डबल बोहरा ५३० मत ल्याएर बिजयी भएका छन् । वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका प्रेम बहादुर घर्ती मगर ४०५ मत ल्याएर बिजयी भएका हुन् । 

वडा नम्बर ३ मा नेपाली कांग्रेसका राम बहादुर गुरुङ ५६२ मत ल्याएर बिजयी भएका छन् भने वडा नम्बर ४ मा नेकपा एमालेका कर्ण बहादुर जेठारा ५३२ मत ल्याएर बिजयी भएका छन् । त्यसै गरी वडा नम्बर ५ मा नेकपा एमालेका पदमसिं बोहरा ६५८ मत ल्याएर बिजयी भएका छन् ।

डोटीका अधिकांश पालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पाँच पालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ भने दुईवटा पालिकामा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रले एक ठाउँमा मात्रै अग्रता लिएको छ ।

जिल्लाका दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, पूर्बीचौकी गाउँपालिका, आदर्श गाउँपालिका, सायल गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ भने बोगटान फुड्सिल गाउँपालिका र जोरायल गाउँपालिकामा नेकपा एमाले र केआईसिंह गाउँपालिकामा नेकपा माओवादीले अग्रता लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ