arrow

काठमाडौंमा वालेन्द्रले बढाए मतान्तर, सुनीता अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
balen-saha.PNG

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह मतान्तर बढाउँदै लगेका छन् । 

स्वतन्त्र उम्मेदवार साह एमालेका उम्मेदवार केशव स्थापितभन्दा हजार मत र नेपाली काङ्ग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा दोब्बर बढी मतले अगाडि रहेका छन् ।

स्थानीय तहको निर्वाचन २०७९ को मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवार साह अगाडि देखिएका हुन् । 

वालेन्द्रले २ हजार ४ सय ५७ मत पाएका छन् भने स्थापितले १ हजार ४ सय २७ मत प्राप्त गरी साहलाई पछ्याइरहेका छन् । 

गठबन्धनबाट उम्मेदवार दिएकी नेपाली काङ्ग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार १ सय ६८ मत पाएकी छिन् ।

साथै राप्रपाका मदनदास श्रेष्ठले १ सय ६५ मत पाउँदै चौथो नम्बरमा रहेका छन् । 

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनीता डङ्गोल अगाडि रहकी छन् । उनले दुई हजार मत पाएकी छन् । गठबन्धनका नेकपा एका उम्मेदवार रामेश्वर श्रेष्ठले ५८० मत पाउँदा राप्रपाका उम्मेदवारको ५१३ मत रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ