- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का बेगप्रसाद गर्बुजाले तीन हजार ९१ मत प्राप्त गरी विजयी भएका छन्। गाउँपालिकाको उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी पुनले तीन हजार १६७ मत ल्याएर विजयी भएका छन्।
अध्यक्षमा नेपाली काँग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९७० मत र नेकपा (माओवादी केन्द्र)का रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत पाएका छन्। उपाध्यक्षमा काँग्रेसको पिपला बुढाथोकीले तीन हजार १३९ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए।
गर्बुजा विसं २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसका रोकासँग ८५ मतले पराजित भएका थिए।
गाउँपालिका अध्यक्षमा १२१ तथा उपाध्यक्षमा २१ मतान्तरले विजयी भएका हुन्। १३ हजार २०१ मतदाता रहेको मालिकामा ६७ दशमलव ७६ प्रतिशत अर्थात् आठ हजार ९४६ मत खसेको जनाइएको छ।
मालिकामा ३७ पदका लागि १४७ चुनामी मैदानमा उत्रिएका थिए। ७ वडा रहेको मालिकामा एमाले र काँग्रेसले ३÷३ वडा तथा माओवादीले एक वडामा विजय प्राप्त गरेको छ।