arrow

काठमाडौँ महानगर : सुनिता डङ्गोलको २८८४ मत, रामेश्वर श्रेष्ठको ८२३

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
sunita-dangol-uml.jpg

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डङ्गोलले ठुलो अन्तरको अग्रता बनाएकी छन्। निर्वाचन आयोगका अनुसार हालसम्म डङ्गोलले २ हजार ८८४ मत प्राप्त गरेकी छन्। यो मत उनको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले ल्याएको भन्दा तीन गुनाभन्दा बढी हो।

एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले ८२३ मत प्राप्त गरेका छन्। पाँच दलीय गठबन्धनको तर्फबाट श्रेष्ठले उम्मेदवारी दिएका थिए। यस्तै, काठमाडौँ महानगरको उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनीता मगैयाले ६७० मत प्राप्त गरेकी छन्।

त्यस्तै,काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार। बालेन शाह २८ सय २८ मतका साथ अग्र स्थानमा छन्। उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले १४ सय ३८ मत पाएका छन्। कांग्रेसकी सिर्जना सिंहले १३ सय ४० पाएकी छिन्।

त्यस्तै, उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले २८ सय ८४ मत पाएकी छिन्। उनलाई पछ्याइरहेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले आठ सय २३ मत ल्याएका छन्। अहिले ६ वटा ठाउँबाट मत गणना भइरहेको छ।

मेयरतर्फ अन्यमा कलम १२, तराजु ४२, हलो २७६, खड्ग ५, सुगा १, तीर ७ , साँचो १, किताब ४, मकैको घोगो १, पुतली १, रिक्सा १, आँखीझ्यालले २७७ मत पाएका छन्। 

उपमेयरतर्फ छाता १, तराजु १२९, हलो ६७०, मादल १, हसिया र तारा ४, चक्का (पाग्रों) २, कमलको फुल ३, मुटु २, खड्ग १, लौरो ३३७, क्याप १९ र  आखिझ्यालले २९६ मत पाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ