arrow

हेटौँडा उपमहानगरमा त्रिपक्षीय कडा भिडन्त, गठबन्धनको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
ballet-local-level-2079.jpg
फाइल तस्बिर

हेटौँडा। हेटौँडा उपमहानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा भइरहेको छ। हाल उपमहानगरपालिकाको १, २, १८ र १९ नम्बर वडाको मतगणना जारी छ।

आठ हजार १५ मतगणना भइसक्दा मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामाले २३ सय ९१ मत प्राप्त गरेकी छिन्। २३ सय ४९ मतका साथ राप्रपाका दीपकबहादुर सिंह दोस्रो स्थानमा छन् । एमालेका अनन्त पौडेल २१ सय ८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्।

उपमेयरमा नेपाली काँग्रेसका राजेश बानियाँले ३४ सय ७५ मत प्राप्त गर्दै अग्रता बनाएका छन् । एमाले उम्मेदवार सुमित्रा काफ्ले २६ सय ९९ मत ल्याएर दोस्रो स्थानमा छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ