arrow

पोखरामा गठबन्धनका आचार्य र रानाभाटको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
Dhanraj-kopila.jpg

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवारहरुले अग्रता कायमै राखेका छन् । पोखराका वडा नं १, २, १३ र २३ मा जारी मतगणनामा ३२ सय मत गनिएको छ । 

जसमा गठबन्धनका मेयरका उम्मेदवार धनराज आचार्य एक हजार २०१ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका कृष्ण थापाले एक हजार १३६ मत ल्याएर पच्छ्याइरहेका छन् ।

यसैगरी उपमेयर पदमा गठबन्धनका उम्मेद्वार कोपिला रानाभाटले एक हजार १७० मत ल्याएकी छन् । उनलाई एमालेकी मञ्जुदेवी गुरुङले पच्छ्याइरहेकी छिन् । गुरुङले एक हजार ११७ मत प्राप्त गरेकी छिन् । 

आइतबार अपरान्ह ४ बजेसम्ममा पोखरा १ मा एक हजार २००, पोखरा २ मा ७००, पोखरा(१२ मा एक हजार १०० र पोखरा(२३ मा २०० मत गणना भएको छ । बैशाख ३० मा सम्पन्न निर्वाचनमा पोखरामा एक लाख ४३ हजार २२८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ