arrow

अन्तत: नेटोमा सामेल हुने फिनल्याण्डको औपचारिक घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
finland-announce-nato membership.PNG

काठमाडौं। युक्रेनमा जारी रुसी युद्धकाबीच फिनल्याण्डले ३० सदस्यीय पश्चिमी सैन्य गठबन्धनलाई विस्तार गर्न मार्ग प्रशस्त गर्दै नेटोमा सदस्यताका लागि आवेदन दिन तयार रहेको घोषणा गरेको छ ।

आइतबार राष्ट्रपति साउली निनिस्टो र प्रधानमन्त्री सान्ना मारिनले हेलसिन्कीस्थित राष्ट्रपति भवनमा संयुक्त पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन् ।

औपचारिकता स्वरुप फिनल्याण्डको संसदले आगामी दिनमा यो निर्णयलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ । त्यसपछि एक औपचारिक सदस्यता आवेदन ब्रसेल्समा नेटो मुख्यालयमा पेश गरिनेछ । जुन सम्भवतः अर्को हप्तासम्म हुने ठानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ