arrow

दोलखामा १८ वडाको नतिजा सार्वजनिक, कसलाई कति ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
Dolakha_District.png

दोलखा । स्थानीय तहको निर्वाचन अन्तर्गत दोलखा जिल्लामा अहिलेसम्म १८ वडाको मात्र नतिजा सार्वजनिक भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समान ६–६ वडा जित्दा नेपाली कांग्रेसले ५ वडा जितेको छ । 

त्यसैगरी नेकपा एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारले १–१ वडा जितेका छन् । 

यस्तो छ विवरण–
नेकपा एमालेः
कालिन्चोक गाउँपालिका वडा नम्बर १ –पदमबहादुर थामी
तामाकोशी गाउँपालिका १ – बसन्त थापा
बैतेश्वर गाउँपालिका ८ – शान्त जिरेल
जिरी नगरपालिका ४ – पदेमान जिरेल 
मेलुङ गाउँपालिका ३ – बसन्त लामा 
मेलुङ गापा १ – ईश्वर कोइराला

नेकपा माओवादी केन्द्रः
कालिन्चोक गाउँपालिका २ – बिक्रम पाण्डे 
गौरीशंकर गाउँपालिका १ – प्रकाश खड्का
गौरीशंकर गाउँपालिका २ – रोहित बुढाथोकी
जिरी नगरपालिका २ – ङिमपल्दे शेर्पा
जिरी नगरपालिका  ३ – खेटबहादुर घिमिरे
बैतेश्वर गाउँपालिका ७ – मीनकुमार शिवाकोटी 

नेपाली कांग्रेसः
बिगु गाउँपालिका १ – मेमबहादुर तमाङ
भिमेश्वर नगरपालिका १ – माधव थामी
जिरी नगरपालिका १ – कर्साङ शेर्पा (आङपासाङ)
जिरी नगरपालिका ५ – नरबहादुर जिरेल 
शैलुङ गाउँपालिका १ – वीरबहादुर घतानी

नेकपा समाजवादी (एस):
मेलुङ गाउँपालिका २ – रामकृष्ण भण्डारी

स्वतन्त्र उम्मेदवार:
तामाकोशी गाउँपालिका २–  ईश्वर कार्की 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ