arrow

लस एन्जलस नजिकैको चर्चमा गोलीकाण्ड, एकको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
usa-flag1.jpg

न्यूयोर्क । अमेरिकाको लस एन्जलस नजिकैको एउटा चर्चमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने चार जना ‘गम्भीर’ घाइते भएका छन् । न्यूयोर्कको एउटा सुपर मार्केटमा भएको बन्दुक हमलाको भोलिपल्ट चर्चमा आक्रमण भएको हो । सो आक्रमणमा १० जना मारिएका थिए । 

‘चर्च हमलामा चार जना गम्भीर घाइते भएका छन्’, ओरेन्ज काउन्टी सेरिफ विभागले भनेको छ । घाइते एक जनाको घटनास्थलमै मृत्यु भएको विभागले जनाएको छ । घाइतेहरू सबै जना वयस्क भएको प्राप्त विवरणहरूमा जनाइएको छ । 

आक्रमणमा संलग्न रहेको आशंकामा एक शंकास्पद पक्राउ परेका छन् । त्यस्तै, घटना स्थलमा प्रयोग भएको अनुमान गरिएको एउटा बन्दुकसमेत फेला परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ