arrow

गौतमबुद्ध विमानस्थलमा जजिराले गर्‍यो पहिलो अन्तर्राष्ट्रिय उडान, प्रधानमन्त्री देउवाबाट उद्घाटन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
jajira-airlines.jpg

भैरहवा । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ७४ वर्षपछि नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवामा पुगेर विमानस्थलको उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, पराराष्ट्रमन्त्री डा.नारायण खड्का, भौतिक पूर्वाधारमन्त्री रेनुकुमारी यादव, पर्यटनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मुख्यसचिव शंकर बैरागी उक्त कार्यक्रममा सहभागी भएका छन् । 

यही क्रममा आज बिहान कुबेतबाट आएको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेको थियो । 

 नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज पनि बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गरेको छ । निगमले व्यावसायिक उडान गर्दा जजिराको जहाज दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको हो । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान भने यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ